संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ निर्माण पूरा हुँदै
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ निर्माण लगभग पूरा भएको छ । ११.८३ किलोमिटर लम्बाईको उक्त सुरुङ मंगलबार पूरै छिचोलिने भएको छ ।
सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएका छन् । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट–२ मा प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रु’ गर्ने कार...






























