संगालोखबर

विराटनगर ।  प्रहरीले काठमाडौँको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा र इलामका युवक छन् ।

Advertisement

प्रहरीका अनुसार झापाको झापा गाउँपालिका–५ घर भई काठमाडौँ–९ बस्ने ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम–३ घर भई काठमाडौँ–९ बस्ने  ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्याेदय नगरपालिका–३ घर भई काठमाडौँ–९ बस्ने ४७ वर्षीय बोधचन्द्र नामचुङ छन् ।

उनीहरूलाई काठमाडौँको गौशालाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनीहरूको साथबाट नेपाली नक्कली नोट १ लाख ९५ हजार ५०० बरामद गरिएको छ । यस्तै, ७.८१ ग्राम खैरो हिरोइन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!