संगालोखबर

विराटनगर । विराट हेल्थ कलेजका गाडी चालकको करेन्ट लागेर मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–३ घर भएका ४२ वर्षीय सन्तोष कार्कीको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

विराटनगर–३ खार्जी चोकमा विराटश्री होस्टल सञ्चालनको तयारी गरिरहेका उनलाई त्यही होस्टल भवनमा करेन्ट लागेको थियो । काम गर्ने क्रममा फलामको पाइप तान्दा बिजुलीको हाइटेन्सन लाइनमा छोइएर करेन्ट लागेका उनी गम्भीर घाइते भएका थिए । विराट शिक्षण अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!