संगालोखबर
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ । तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आइतबार अपरान्ह विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालकको वडा–३ सहिद पार्क छेउ पुग्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै घर फर्कँदै गरेका उनका दाजु १७ वर्षका लभसन तिम्सिना घाइते भएका छन् ।

Advertisement

बेहोस भएका लभसनलाई स्वास्थ्य चौकी मौवामा प्राथमिक उपचार गरी थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!