संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगरमा आज निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रामा १ हजार २ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । रथयात्राका क्रममा कुनै पनि अमर्यादित घटना नहोऊन् भनेर ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले सादा पोसाक र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिने भएपनि सबै सचेत हुन आवश्यक रहेको बताए । रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा परिचालन गरिएको उनले जानकारी दिए । रथयात्राका क्रममा चोरी, पकेटमारी, लुटपाट जस्ता घटना हुन सक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह समेत गरेका छन् ।

Advertisement

नेपाल र छिमेकी मुलुक भारतबाट समेत गरी गरी ५ लाख श्रद्धालु भक्तजनको उपस्थिति हुने अनुमान गरिएको समारोहमा विभिन्न अवाञ्छित गतिविधि हुनसक्ने भन्दै प्रहरीले सचेत गराएको हो । भिडभाडको फाइदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूले अमूल्य सामग्री लुटपाट गर्न सक्ने भएकाले त्यस्ता सामग्री नबोक्न मोरङ प्रहरीले आग्रह गरेको हो ।

यस्तै, रथयात्राका क्रममा बालबच्चाहरू हराउन सक्ने, वृद्धवृद्धा घाइते हुनसक्ने जोखिम रहेको भन्दै सजग रहन पनि अपिल गरेको छ । प्रहरीले बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न पनि आग्रह गरेको छ ।

‘खटयात्रा’ देखि रथयात्रासम्म

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!