सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापु नजिक बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुईजना बालबालिका घाइते भएका छन् ।

Advertisement

संखुवासभाको मादीबाट सुनसरीको इटहरीतर्फ गइरहेको को १ ज २१३७ नम्बरको गाडी दिउ“सो साढे १ बजे ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा संखुवासभा धर्मदेवी नगरपालिका–१ की १६ वर्षीया युष्मा तामाङ र १० वर्षीय रदम तामाङ छन् ।

गाडीमा चालकसहित ११ जना सवार थिए । ब्रेकमा समस्या आएपछि मर्मतको लागि ग्यारेजमा लैजाने क्रममा गाडी भीरबाट तल खसेको प्रहरीले जनाएको छ ।

धनकुटाको फोकल्याण्ड टापुमा बोलेरो गाडी दुर्घटना

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!