संगालोखबर
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटारस्थित जोरपिपलमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । नुवाकोट जिल्ला घर भई फिदिम बस्दै आएका बद्रीकुमार पाण्डेका १५ वर्षीय छोरा युवराज पाण्डेको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोठाभित्र रहेको बिजुलीको मल्टिप्लगको सर्किट छुँदा उनलाई करेन्ट लागेको थियो । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!