संगालोखबर

विराटनगर । विराटनगरमा आज आयोजित राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा हजारौं श्रद्धालु भक्तजनको सहभागिता थियो ।

Advertisement

विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको जोडी सहितको रथयात्रा दिउँसो ३ः३० बजे सुरु गरिएको थियो । बजारका विभिन्न क्षेत्र परिक्रमा गर्दै रथयात्रा करिब ९ किलोमिटर दूरी पार गरेर उक्त मन्दिरमै पुगेर समापन गरिएको थियो ।

रथयात्रा मन्दिर रहेको स्थानबाट तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान  रोड, बरगाछी हुँदै मन्दिर पुगेको थियो । यात्रामा रथलाई ४३ स्थानमा विश्राम गराइएको थियो ।

विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिँदै आएको छ । वि. सं. १९८८ सालदेखि खट यात्राबाट सुरु भएको यो परम्परा २०२५ सालदेखि रथयात्राका रुपमा रूपान्तरित गरिएको थियो ।

रथयात्रामा सहभागी हुन नेपाल र भारतका विभिन्न ठाउँबाट समेत श्रद्धालु भक्तजन भेला भएका थिए । आज रथयात्राकै अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो ।

यस अवसरमा विभिन्न समुदायका प्रतिनिधिहरु मौलिक पोशाकमा सहभागी भएका थिए । विभिन्न धार्मिक संस्थाहरुले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । यसैगरी, थुप्रै भजन, कीर्तन समूहहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै आयोजक समितिले स्वयंस्ेवकहरु समेत परिचालन गरेको थियो ।

राधाकृष्ण रथयात्रामा अवाञ्छित गतिविधि गर्ने १४३ जना पक्राउ

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!