विराटनगर । सर्पले टोकेर विराटनगरमा आज बिहान एकजना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१८ की २७ वर्षीया रुपादेवी मण्डलको मृत्यु भएको हो ।
आँगनमा फूल टिपिरहेकी उनलाई बिहान सर्पले टोकेको थियो । उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।