सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । श्रीकृष्ण जन्माष्टमीका अवसरमा धनकुटामा विविध कार्यक्रम आयोजना गरिएको छ । विश्व हिन्दु परिषद् नेपाल र राधाकृष्ण मन्दिर व्यवस्थापन समिति धनकुटाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

Advertisement

यसै अवसरमा भीमनारायण चोकबाट र्‍याली निकालिएको थियो । र्‍याली भीमसेनथान, निशान मन्दिर, परिचय मोड, कोशी ग्यास र हुलाक टोल हुँदै बजारका विभिन्न भाग परिक्रमा गरी जिरो प्वाइन्टमा रहेको राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो । मन्दिरमा पुगेपछि पूजा आराधना गरिएको थियो । साना बालबालिकालाई कृष्णको जस्तो पोशाक लगाइदिएर सजाइएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सभ्य समाज निर्माण गर्न कृष्ण जन्माष्टमीले पाठ सिकाउने बताए । सनातन हिन्दु धर्म भनेको संविधान तथा कानुनजस्तै रहेकाले यसले मानिसलाई परम्परागत रुपमा आएका संस्कार सिकाइरहेको उनले उल्लेख गरे । राधाकृष्ण मन्दिरमा स्थापना गरिएको अक्षयकोषका लागि धनकुटा नगरपालिकाले केही रकम सहयोग गर्ने तामाङले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!