सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । जनता समाजपादी पार्टी (जसपा) नेपालको साँगुरीगढी गाउँ समिति अध्यक्षमा खड्ग आङ्ला चयन भएका छन् । आङ्लाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो ।

Advertisement

उपाध्यक्षमा भीम लिम्बू र पुनम लिम्बू राई छन् भने सचिवमा सुरेश याम्फू, सहसचिव नरेन्द्र लिम्बू र कोषाध्यक्षमा सुबोध इबाहाङ्ग चयन भएका छन् । यसैगरी, समितिको सदस्यहरूमा दुर्गाप्रसाद थेगिम, संगीता लिम्बू, सुमन लिम्बू, रजुला राई, हेलन राई, भूपालसिं राई, जगत राई, पूर्णसिं राई, चन्द्र राई, विनोद लिम्बू, दिलकुमार लिम्बू, सन्देश इङ्गनाम, नरेन्द्र लिम्बू, हरि इवाहाङ्ग, सुबोध लिम्बू, सुजना निरौला, फूलमाया विश्वकर्मा र प्रकाश लिम्बू छन् ।

अध्यक्षमा चयन भएका आङ्गला लिम्बू राष्ट्रिय समितिका सदस्य समेत हुन् । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा साँगुरीगढी गाउँपालिका–४ का निर्वाचित वडाध्यक्ष हुन् । तत्कालीन समयमा सङ्घीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा विजयी भएका थिए ।

कार्यक्रममा सङ्घीय समितिका सचिव राजकुमार राईले पार्टीको समसामयिक विषयमा प्रशिक्षण समेत दिएका थिए । उनले पार्टीले सञ्चालन गरेको ४ महिने ‘जनतासँग जसपा’ सङ्गठन सुदृढीकरण अभियानबारे जानकारी गराएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!