विराटनगरमा ५ करोडको लागतमा रानीपोखरी ग्रिनपार्क बनाइने
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १४ मा ठूलो लगानी गरेर रानीपोखरी ग्रिनपार्क बनाइने भएको छ । महानगरपालिकाले ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा ग्रिनपार्क बनाउँन लागेको हो ।
महानगरका मेयर नागेश कोइरालाले बुधबार ग्रिनपार्कको शिलान्यास गरेका छन् । साढे २ बिघा क्षेत्रफलमा निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैंचा, मन्दिर, रानी माताक...































