संगालोखबर सम्वाददाता

विराटनगर । करिब चार लाख मानिसले सीएनआई कोसी एक्स्पो अवलोकन गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले माघ १९ देखि २८ गतेसम्म विराटनगरमा एक्स्पो आयोजना गरेको हो ।

Advertisement

१० दिनसम्म सञ्चालन भएर शनिवार सकिएको एक्स्पो अवलोकनका लागि करिब चार लाख मानिस आएको र एक्स्पो सोचेभन्दा धेरै सफल भएको आयोजकको दावी छ । आयोजक सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले एक्स्पो अत्यन्तै सफल भएको दाबी गरे । उनले एक्स्पो सफल पार्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद पनि दिए ।

यसैबीच, एक्स्पो समापन कार्यक्रमलाई संवोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक्स्पोले विराटनगरको मात्र नभई प्रदेश १ कै आर्थिक गतिविधि बढाउन सहयोग पुर्याएको बताए । महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राज्यलाई कर तिरेर योगदान गर्ने उद्योगी व्यवसायीहरुको अप्ठेरोलाई हटाउन सरकारमा आफुले लविङ गर्ने बताइन् ।

प्रदेश १ का सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले एक्स्पोले आर्थिक मन्दीलाई चिर्न सघाउ पुर्याएको दाबी गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा प्रदर्शनी स्थल निर्माण गरेर यस्ता एक्स्पो सञ्चालन गर्ने वातावरण मिलाउँन सबै लाग्नुपर्ने आवश्यकता औल्याए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!