संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित बाँसपानीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । आइतबार बिहान राति साढे १ बजे स्थानीय कुल बहादुर कार्कीको घर जलेर नष्ट भएको हो ।

Advertisement

ढुंगा र माटोले बनेको एक तले घर जल्दा घरमा भएका अन्न, लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठले जानकारी दिए । आगलागीबाट १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रातिनै स्थानीले आगलागी नियन्त्रणमा लिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!