- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिकाका ४ सय भन्दा बढी परिवारलाई गरिब परिचयपत्र प्रदान गरिएको छ । ६ सय १९ गरिब घरपरिवार मध्ये हालसम्म ४ सय २८ परिवारलाई परिचयपत्र प्रदान गरिएको हो ।

Advertisement

यसअघि वडामा घुम्ती शिविर सञ्चालन गरेर गरिब परिचय पत्र प्रदान गरिएको थियो । अब, बाँकीलाई पालिकाबाटै परिचयपत्र प्रदान गर्न थालिएको गाउँपालिकाका रोजगार संयोजक सीता पौडेलले जानकारी दिइन् ।

गरिबी न्यूनिकरणका लागि सरकारले ल्याएको अवधारणा अनरुप गरिब परिचयपत्र वितरण गर्ने गरिएको छ । यो परिचयपत्र पाउने परिवारले सरकारको नीति तथा कार्यक्रम अनुसार गरिबी उत्थानका लागि विशेष सेवा सुविधा पाउने छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!