- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाका स्वर्गीय पत्रकार पूर्णकुमार चौधरीको नाममा पुरस्कार कोष स्थापना गरिने भएको छ । नेपाल प्रेस युनियन धनकुटाले शुक्रबार शोक सभा गरेर १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेको हो ।

Advertisement

पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरी प्रेस युनियनका कोषाध्यक्ष थिए । कोषाध्यक्ष चौधरीको स्मृतिमा पुरस्कार कोष स्थापना गर्न लागिएको प्रेस युनियनका जिल्ला अध्यक्ष हिमा चेम्जोङले बताइन् । उनका अनुसार केही महिनाभित्रै पुरस्कार कोष स्थापना गरिनेछ ।

सो कोषको व्याजबाट हरेक वर्ष एक जना क्रियाशील पत्रकारलाई पुरस्कृत गरिनेछ । चौधरी परिवारलाई आर्थिक एवं व्यवहारिक सहायताका लागि पनि पहल गरिने अध्यक्ष चेम्जोङले बताइन् ।

२०४५ जेठ १३ गते जन्मिएका चौधरीको गत माघ १८ गते निधन भएको हो । न्यून रक्तचाप र पिसाबमा संक्रमण देखिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका चौधरीको प्रतिष्ठानमै उपचारका क्रममा निधन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!