- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–५ लुङसुङका ७३ वर्षीय गोठे राईको हत्या गरेको आरोपमा उनका छोरा २८ वर्षीय प्रेमकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान घरायसी विवादका क्रममा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा उनका बुवा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!