- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोसी एक्स्पो’ शनिवार सकिदैछ । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पोको शनिवार दिउँसो समापन कार्यक्रम हुँदैछ ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा दिउँसो ३ बजे समापन कार्यक्रम गरिदैछ । कार्यक्रममा संघीय सरकारका सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी लगायत पनि सहभागि हुनेछन् ।

एक्स्पोमा उत्कृष्ट ठहरिएका स्टलहरुलाई समापन कार्यक्रममा सम्मान गरिदैछ । समापनको औपचारिक कार्यक्रम दिउँसो राखिएपनि साँझ सांस्कृतिक कार्यक्रमपछि मात्र एक्स्पो सकिनेछ । साँझ चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ को प्रस्तुति राखिएको छ ।

एक्स्पोमा ३७० स्टल छन् । एक्स्पो अवधिभर हरेक साँझ कलाकारहरूको प्रस्तुतीले दर्शकलाई थप आकर्षित गरेको छ ।

मुलुक आर्थिक रुपमा विषम अवस्थामा रहेका बेलामा आर्थिक गतिविधिलाई चलायमान बनाउन र उद्योग व्यवसायलाई बचाइराख्न एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको सीएनआईका प्रदेश अध्यक्ष भीम घिमिरेको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!