नामकरणका लागि १ नम्बर प्रदेश सभा बैठक जारी, ‘कोशी प्रदेश’ नाम रहने निश्चित
विराटनगर । प्रदेशको नामकरणका लागि अहिले १ नम्बर प्रदेश सभाको बैठक जारी छ । आजै प्रदेशको नाम टुंग्याउने तयारी छ । ‘कोशी प्रदेश’ नाम रहने लगभग पक्कापक्की भएको छ ।
प्रदेश सभा सचिवालयमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशीसहित एमालेका सांसद निरन राई र विदुरकुमार लिङ्थेपको समर्थनमा एमालेका सांसद रामबहादुर मगरले ‘कोशी प्रदेश’ नाम प्रस्ताव गरेका छन् । यता, जसपाका सांसद निर्मला लिम्बू र नेकपा एकीकृत समाजव...































