प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न एमाले र कांग्रेसको संयुक्त प्रस्ताव
विराटनगर । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त रुपमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका छन् । एमाले सांसद रामबहादुर मगरले प्रस्ताव दर्ता गराएका छन् ।
सो प्रस्तावमा कांग्रेसका तर्फबाट सांसद भुमिप्रसाद राजवंशीसहित एमालेका सांसद निरन राई र विदुरकुमार लिङ्थेप समर्थक बसेका छन् । उनीहरूले संसद सचिवालयमा गएर प्रस्ताव दर्ता गराएका हुन् । सबै जाति, धर्म र क...































