- संगालोखबर सम्वाददाता

झापा । झापाको दमक नगरपालिका–२ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–८ का ३७ वर्षीय तेज कुमार खवास, ३५ वर्षीय सुनिल श्रेष्ठ र दमक–२ का २२ बर्षीय बिजय धिमाल छन् ।

दमक–२ नयाँ आम्दास्थित खरखरे टोलमा ब्राउन सुगर बिक्री भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १९ ग्राम ब्राउन सुगर, ९७ हजार ६ सय रुपैयाँ नगद, ४ थान  मोबाइल र को. २८ प ३१४६ नम्बरको स्कुटर साथै प्रदेश १–०२–०४८ प ६६५७, ज. १२ प ५५५७ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!