संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा लागूऔषध गाँजा सहित पाँच जना पक्राउ परेका छन् ।

Advertisement

विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआएटी) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को.२ ह ३०४४ नम्बरको टेम्पोलाई प्रहरीले चेकजाँच गर्ने क्रममा अटोमा राखिएको १७ किलोग्राम गाँजा बरामद भएको हो ।

टेम्पोमा गाँजा फेला परेपछि चालक इटहरी उपमहानगरपालिका–११ का ३७  वर्षीय महमद हजरत अली, टेम्पोमा सवार इटहरी–१३ का १९ वर्षीय आकाश पटेल र २७ वर्षीय आसिस पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै अनुसन्धानका क्रममा संलग्न रहेको खुलेपछि इटहरी–१२ का २७ वर्षीय अरुण कुमार सरदार र देवानगंज गाउँपालिका–५ का २३ वर्षीय मिथिलेस यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!