संगालोखबर सम्बाददाता
फलफूल वितरणपछि सामुहिक तस्वीर खिचाइदै । तस्वीर:सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।

सो अवसरमा प्रदेश सभा सदस्य एवं एमाले अध्यक्ष इन्द्रमणि पराजुली, जिल्ला समन्वय समितिका उपप्रमुख एवं एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचाल, सल्लाहकार भेषराज कटेल, जिल्ला अस्पतालका प्रमुख डा.अमिताव ठाकुर लगायतले बिरामीलाई फलफूल वितरण गरे ।

Advertisement

त्यस्तै, पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष रबिन कटेल, पत्रकार महासंघका उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, प्रेस चौतारीका उपाध्यक्ष विश्वराज श्रेष्ठ, सहसचिव माया राउत, कोषाध्यक्ष रविन्द्र रनपहेली लगायतले पनि बिरामीहरूलाई फलफूल प्रदान गरेका छन् ।

उनीहरूले अस्पतालको इमर्जेन्सी, ओपीडी, पोष्टअप लगायतमा रहेका बिरामीहरूलाई स्याउ, सुन्तला, फ्रुटी, केरा लगायत फलफूल प्रदान गरेका हुन् ।

पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधनका कारण सञ्चारकर्मीहरू शोकमा रहेकाले तामझामपूर्ण कार्यक्रम नगरी अस्पतालका बिरामीलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाइएको प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!