- संगालोखबर सम्बाददाता

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराती करिब १ बजे चौधरीको निधन भएको हो ।

रेडियो भेडेटारका स्टेशन मेनेजरसमेत रहेका ३५ वर्षीय चौधरी पिसाबमा संक्रमण देखिएपछि बुधबार उपचारका लागि प्रतिष्ठान पुगेका थिए । उपचारकै क्रममा अचानक उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।

चौधरी धनकुटा सिनेमा हलका सञ्चालक पनि हुन् । उनको पार्थिव शरीरलाई राती नै धनकुटास्थित निवासमा ल्याइएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए । चौधरीका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!