- संगालोखबर सम्वाददाता

विराटनगर । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु बनाएर बिहान ४ः३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Advertisement

केन्द्रका अनुसार ४.८ म्याग्निच्युडको भूकम्प मापन भएको छ ।

ताप्लेजुङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । हालसम्म भूकम्पबाट क्षति भएको विवरण प्राप्त भएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!