- संगालोखबर सम्वाददाता
पल्टिएर घरमा पुगेको ट्याक्टर । तस्वीर सौजन्य : अम्रित थापा

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केमा बिहीबार राती ट्याक्टर पल्टिएर किच्दा एक वृद्धाको मृत्यु भएको छ । घरको भान्सा कोठामा आगो तापिरहेका बेला राती करिब ८ बजे ट्याक्टर पल्टिएर किच्दा म्याङलुङ–६ की ७८ वर्षीया हर्कमती लिम्बुको मृत्यु भएको हो ।

इटहरीबाट ग्यास सिलिन्डर बोकेर म्याङलुङ आउँदै गरेको को २ त ५५९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर रोड तल्तिर रहेको घरको भान्सा कोठामा पसेको हो । ट्याक्टरले किचेर वृद्धा लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

पल्टिनु अघि सो ट्याक्टरले स्थानीय ५५ वर्षीय दलबहादुर लिम्बुलाई ठक्कर दिएको थियो । पैदलयात्री दलबहादुरलाई ठक्कर दिएपछि अनियन्त्रित भएर ट्याक्टर पल्टिएको अनुमान गरिएको छ ।

ठक्करबाट घाइते भएका लिम्बुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनापछि फरार रहेका ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!