संगालोखबर सम्वाददाता

झापा । झापाको बिर्तामोड नगरपालिका–५ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको किसनगंज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र २० वर्षीय सन्वाज खान छन् ।

Advertisement

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको टोलीले डब्लुवी ७४ बी ए ६७७९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो । सोही क्रममा मोटरसाइकल चालक रहमान र पछाडि सवार रहेका खानको साथबाट ८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

लागूऔषध बरामद भएपपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!