- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १४ मा ठूलो लगानी गरेर रानीपोखरी ग्रिनपार्क बनाइने भएको छ । महानगरपालिकाले ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा ग्रिनपार्क बनाउँन लागेको हो ।

Advertisement

महानगरका मेयर नागेश कोइरालाले बुधबार ग्रिनपार्कको शिलान्यास गरेका छन् । साढे २ बिघा क्षेत्रफलमा निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैंचा, मन्दिर, रानी माताको मूर्ति, विश्रामस्थल, शौचालय लगायत बन्नेछन् । हाल सो ठाउँमा पोखरी छ । पोखरीलाई यथावत राखेर अन्य संरचना निर्माण गरिनेछ । सो पोखरीमा राजाविराटकी रानी आएर नुहाउने गरेको किवदन्ति छ ।

ग्रिनपार्क निर्माणका लागि कला विल्र्डस विराटनगरले ठेक्का पाएको छ । निर्माण कम्पनी र महानगरबीच गत माघ १८ गते सम्झौता भइसकेको छ । सम्झौताअनुसार सो कम्पनीले २०८१ माघ २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । ग्रिनपार्क आन्तरिक र सीमावर्ती भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने स्थानीय रतनकृष्ण यादव बताउँछन् ।

विकासमा दक्षिण क्षेत्रलाई प्राथमिकता

पार्क शिलान्यास गर्दै मेयर कोइरालाले विकासका हिसावले पछि परेको महानगरको दक्षिणी क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताए । ‘विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउने अभियानमा लागेका छौं,’ मेयर कोइरालाले भने, ‘तुलनात्मक रुपमा दक्षिणी क्षेत्र विकासमा पछि परेको छ । यो कुरा हामीले बुझेका छौं । हामी विकासका लागि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौं ।’

मण्ठापोखरी, विराटराजाको दरबारको भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको उनले सुनाए । विराटनगरलाई सफा, सुन्दर, हरियाली, व्यवस्थित विकसित बनाउने अभियानमा लागेको भन्दै उनले यसका लागि सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!