संगालोखबर सम्वाददाता

झापा । झापाबाट एयरगन सहित भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट प्रहरीले हतियारसहित चार जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा उनीहरूको साथबाट एयरगन २ थान, एयर पेस्तोल १ थान र एयरगनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको विषयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!