संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरुण गाउँपालिका–२ का ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ छन् ।

शनिवार साँझ श्रीमान–श्रीमती बिच घरायसी विषयमा सामान्य विवाद हुँदा ज्ञानबहादुरले ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरेका हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्याउलीबाट खटिएको टोलीले ज्ञानबहादुरलाई पक्राउ गरेको हो ।

Advertisement

मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेका थिए । श्रेष्ठले श्रीमतीको हत्यापश्चात् घटना ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!