संगालोखबर सम्वाददाता
फायल तस्बीर

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

आइतबार साँझ करिव ७ बजे प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्बरको ट्रकले को.३५ प ६७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक बुढीगँगा गाउँपालिका–७ का ३२ वर्षीय सुमित खवास घाइते भएका थिए । उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँने बित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

Advertisement

ट्रक र चालक झापाको हल्दिबारी–२ का ३५ वर्षीय धिरेन राजवंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।  

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!