संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित निगालेमा ट्रक दुर्घटना भएको छ । संखुवासभाबाट लकडी बोकेर मोरङतर्फ जाँदै गरेको को १ ख ७८६८ नम्बरको ट्रक गएराती दुर्घटना भएको हो ।

Advertisement

सडकको घुम्तीमा ट्रक पल्टिदा ट्रकमा भएका लकडी सडकमा छरपस्ट भएका छन् । ट्रक पल्टिएर सडक ओगट्दा कोशी राजमार्गको धनकुटा–हिले सडक खण्ड बिहान करिव साढे ८ बजेसम्म अवरुद्ध भएको थियो । जेसिभिको सहयोगमा प्रहरीले अवरुद्ध सडक खुलाएको छ ।

ब्रेकफेल भएर ट्रक दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!