घरमा लागूऔषध भेटिएपछि श्रीमती पक्राउ, श्रीमानलाई खोज्दै प्रहरी
झापा । झापाको कन्काई नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । गएराती विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ घर भई कन्काई–३ मा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गरेको थियो ।
सोही क्रममा उनको कोठाबाट प्रहरी २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १...































