जनताको गरिबी घटाउने गरी काम गर्छौंः मन्त्री राई
धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले जनताको गरिबी घटाउने गरी काम गर्ने बताएका छन् । सोनाम ल्होछारको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानीस्थित डायूर थर्पोलिङ्ग गुम्बामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।
सरकारले गरिबी घटाउने उद्देश्यसहित काम गरिरहेको भन्दै मन्त्री राईले त्यसका लागि श्रम गर्न...































