संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा महोत्सवस्थल टुँडिखेलको सरसफाइ गरिएको छ । ११ दिनसम्म सञ्चालन भएको महोत्सव सकिएपछि आयोजक उद्योग वाणिज्य संघको अगुवाइमा टुँडिखेलको सरसफाइ गरिएको हो ।

Advertisement

सरसफाइमा आयोजक समितिका पदाधिकारी तथा सदस्यहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी लगायत सहभागि थिए । महोत्सवका कारण टुँडिखेल क्षेत्रमा जम्मा भएको फोहोर फ्याँकेर टुँडिखेल सफा बनाइएको उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

महोत्सव आयोजक समितिले सरसफाइमा संलग्न व्यक्तिहरूलाई प्रशंसा पत्र र मायाको चिनो पनि प्रदान गरेको छ । टुँडिखेलमा माघ ६ देखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवं पाँचौ धनकुटा महोत्सव सञ्चालन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!