- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरमा खेलकुद गतिविधि बढाउँन सम्बद्ध सङ्घसंस्थाहरूलाई आग्रह गरेका छन् । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर तामाङले यस्तो आग्रह गरेका हुन् ।

Advertisement

खेलकुद गतिविधि बढाएर खेल पर्यटनको विकास गर्न सकिने सम्भावना देखाउँदै मेयर तामाङले खेलकुद गतिविधि सञ्चालनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । पर्यटन प्रवर्द्धनका लागि खेल पर्यटनको पनि विकास गर्नुपर्छ भन्ने हिसाबले नगरपालिका अघि बढेको उनले बताए । ‘हामीले धनकुटाको पर्यटन प्रवर्द्धनका लागि खेल पर्यटनलाई पनि विकास गर्नुपर्छ भन्ने ठानेका छौं,’ मेयर तामाङले भने, ‘सकिन्छ भने महिनैपिच्छे खेलकुद गतिविधि गरौं, नगरपालिकाले के सहयोग गर्नुपर्छ, त्यसका लागि हामी सहयोग गर्न तयार छौं ।’

खेलकुद प्रति मानिसको आकर्षण रहेको भन्दै उनले खेलकुदकै माध्यमबाट पनि पर्यटकहरू भित्र्याउँन सकिने तर्क गरे । ‘राम्रो खेलकुद गतिविधि हुँदा हेर्ने मान्छेहरू आउँछन्, खेलाडीहरू होटलमा बस्छन्, होटल व्यवसायीलाई फाइदा हुन्छ, यहीँको साग विक्छ, यहीँको दुध विक्छ, यहीका किसानलाई फाइदा हुन्छ, यसले पनि त केही सहयोग पुर्याउँछ,’ मेयर तामाङले भने ।

धनकुटामा सञ्चालन हुँदै आएको एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता भीमनारायण गोल्डकप बर्षेनी सञ्चालन गर्न आफूले पटक-पटक आग्रह गरेको भन्दै उनले नियमित सञ्चालन हुन नसकेको प्रति दुःख व्यक्त गरे । भीमनारायण गोल्डकप आयोजक समिति सक्रिय नभएको प्रति चासो राख्दै उनले आगामी चैतमा अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागि गराउँने गरी गोल्डकप गर्न सुझाव दिए । सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगितालाई पनि प्रदेश स्तरीय हिसावले सञ्चालन गर्न उनको सुझाव छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!