- संगालोखबर सम्वाददाता

काठमाडौं । नेता राजेन्द्र गौतम नेकपा एमाले प्रदेश १ को इन्चार्ज बनेका छन् । एमालेले संखुवासभाका नेता गौतमलाई पार्टीको प्रदेश १ इन्चार्जको जिम्मेवारी दिएको हो ।

Advertisement

पार्टी केन्द्रिय सचिवालयको बिहीबार बसेको बैठकले नेता गौतमलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि झापाका देवराज घिमिरे प्रदेश इन्चार्ज थिए ।

प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि घिमिरे पार्टीको सबै जिम्मेवारीबाट बाहिरिएका छन् । घिमिरे सभामुख बनेपछि रिक्त रहेको प्रदेश इन्चार्ज पदमा पार्टीले गौतमलाई जिम्मेवारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!