- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरका योगेन्द्र श्रेष्ठले हाउजी बिङ्गो खेलमा पुरस्कार स्वरुप स्कुटर पाएका छन् । धनकुटा महोत्सव स्थल टुँडिखेलमा सोमबार राती खेलाइएको हाउजीमा हाउसफुल गर्दै श्रेष्ठले होन्डा कम्पनीको ११० सीसीको डियो स्कुटर पाएका हुन् ।

जितपुर स्थायी घर भई धनकुटा–५ बालमन्दिर बस्दै आएका २२ वर्षीय श्रेष्ठले ४४ अंकमै हाउसफुल गरेका थिए । श्रेष्ठलाई उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, बरिष्ठ उपाध्यक्ष तारा तितुङ्ग, सचिव श्रीराम रायमाझी लगायतले स्कुटरको चाबी हस्तान्तरण गरेका छन् । 

महोत्सव आयोजक उद्योग वाणिज्य संघसँगको समन्वयमा धनकुटा–७ स्थित नव जागृति युवा क्लबले हाउजी खेलाएको हो । गत शनिवार खेलाउने तयारी भएको हाउजी महोत्सव गेटमा ३० जना घाइते हुने गरी भएको ठेलमठेल घटनाका कारण स्थगित गरिएको थियो ।

सोही दिन सयौं मानिसलाई प्रतिगोटा ३ सय रुपैयाँका दरले हाउजीको टिकट वितरण गरिएको भएपनि सो घटनाका कारण हाउजी कहिले खेलाउने अन्यौल थियो । स्थगित भएको दुई दिनपछि आयोजकले महोत्सव समापन कार्यक्रमको अवसर पारेर हाउजी खेलाएको हो । महोत्सव स्थलमा यसअघि सुन र पैसा पुरस्कार राखेर पनि हाउजी खेलाइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!