एमबीबीएस प्रवेश परीक्षामा शिक्षादीपकी अदिती भइन् छात्रातर्फ नेपाल प्रथम
विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकाल्न सफल अदिती जैनलाई विराटनगरस्थित शिक्षादीप माध्यमिक विद्यालयले सम्मान गरेको छ । शिक्षादीपबाट कक्षा ११ र १२ पढाइ पूरा गरेकी छात्रा अदितीलाई विद्यालयले बिहीबार कार्यक्रम गरेर सम्मान गरेको हो ।
अदिती र उनका बुबा अजयकुमारलाई विद्यालयका अध्यक्ष एवम् कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले फूलमाला र अबिर ...































