- संगालोखबर सम्वाददाता


धनकुटा । धनकुटामा आयोजित खुल्ला कविता प्रतियोगितामा अजय बुढाथोकी प्रथम भएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनकुटा नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा जगमाया मादेन द्वितीयशम्भुजित देउजा तृतीय भए भने गोपाल फुयालले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रथम, द्वितीय, तृतीयसान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मोहन राई लगायतले उनीहरूलाई पुरस्कृत गरेका छन् ।

‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नारासहित महिला दिवस मनाइएको छ । सोही शीर्षकमा कविता प्रतियोगिता पनि आयोजना गरिएको हो ।

कविता प्रतियोगितामा १६ जनाले भाग लिएको प्रतियोगिताका संयोजक फूलमाया घिसिङले जानकारी दिइन् । महिला दिवसकै अवसर पारेर धनकुटा नगरपालिकाले प्रभातफेरी पनि आयोजना गरेको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!