- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको सुनवर्सी नगरपालिका–१ मा बालकको हत्या भएको छ । स्थानीय डिल्ली बहादुर माझीका १४ वर्षीय छोरा विशाल माझीको हत्या भएको हो ।

Advertisement

हत्या गरेर पोखरीको डिलमा गाडेको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ । फागुन ११ गतेदेखि बालक सम्पर्कविहीन थिए । चोक जान भनेर घरबाट हिँडेका उनी फर्किएर नआएपछि खोजी भइरहेको थियो । खोज्ने क्रममा गाउँकै पोखरीको डिलमा गाडेको अवस्थामा बुधबार उनको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी टिकाबहादुर कार्कीले जानकारी दिए ।

शंका लागेपछि स्थानीयले इलाका प्रहरी कार्यालय रङ्गेलीमा खवर गरेका थिए । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले खनेर बालकको शव निकालेको हो । हत्या आरोपमा प्रहरीले छिमेकी घरका श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आशङ्कामा छिमेकी ३५ वर्षीय बिरेन्द्र पासवान र उनकी श्रीमती ३४ वर्षीया डल्ली पासवानलाई पक्राउ गरिएको डीएसपी कार्कीले बताए ।

‘बालकको हत्यामा संलग्न भएको आशङ्कामा हामीले छिमेकी श्रीमान-श्रीमतीलाई पक्राउ गरेर ल्याएका छौं,’ डीएसपी कार्कीले संगालोखबरसँग भने, ‘घरायसी विवादमा हत्या भएको भन्ने कुरा छ, यसको यकिन कारणसहित अन्य विषयमा थप अनुसन्धान भइरहेको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!