- संगालोखबर सम्वाददाता

विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा विराटनगर महानगरपालिकाले आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

Advertisement

महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर परिषद् सदस्यसहित विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखका साथै कर्मचारीहरूलाई अबिर लगाएर शुभकामना दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले होली पर्वले एकआपसको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई होलीले सुमधुर बनाउने धारणा राखे । ‘हामी सबैले देशको सेवा गर्ने हो,’ मेयर कोइरालाले भने, ‘जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध अझै प्रगाढ बनाओस् भन्ने शुभकामना दिन्छु ।’

उनले आफूभित्रका नराम्रा सबै प्रवृत्तिलाई त्यागेर सकारात्मक सोच र विचारका लागि जनताको सेवामा समर्पित हुन आग्रह गरे । कार्यक्रममा उपमेयर कार्कीले असत्यमाथि सत्यको जितका रुपमा मनाइने रङ्गहरूको पर्व होलीले महानगरभित्र भएका गलत क्रियाकलापलाई हटाएर विराटनगर बनाउने संकल्पका साथ अगाडि बढ्न प्रेरणा मिल्ने बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!