- संगालोखबर सम्वाददाता

विराटनगर । आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीले उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो ।

Advertisement

बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाइने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसका इन्चार्ज अभिमन्यु यादवले बताए । स्ववियु सभापतिको उम्मेदवारी दिएका यादव बीबीएस प्रथम वर्षमा अध्ययनरत छन् भने सचिबमा उम्मेदवारी दिएका लम्साल बिए अध्ययनरत छिन् । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै सचिबकी उम्मेदवार लम्सालले विद्यार्थीहरूको हकहितका लागि काम गर्ने बताइन् । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीकी अध्यक्षसमेत रहेकी लम्सालले आफू निर्वाचित भए क्याम्पसको शैक्षिक गुणस्तर सुधार हुने गरी काम गर्ने दावी गरिन् ।

उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्य देवा यादवले आफ्नो संगठन स्थापित गर्न अखिल क्रान्तिकारीले एकल रुपमा उम्मेदवारी दिएर चुनाव भिड्ने बताए । महेन्द्र मोरङ क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा ५ हजार ९ सय ४२ विद्यार्थी मतदाता छन् । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । चैत ५ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान समय निर्धारण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!