संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको कटहरी गाउँपालिका–७ तकिया रोडस्थित भित्री सडक खण्डमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्रदेश १–०२–००१ क ३८९ नम्बरको टिपरले विपरित दिशाबाट आँउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाइकललाई बिहान करिब ११ बजे ठक्कर दिएको हो ।

Advertisement

ठक्करबाट मोटरसाइकल चालक ग्रामथान गाउँपालिका–६ का ३३ वर्षीय पप्पु सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  ।

ठक्कर दिने टिपर र चालक काभ्रेको पाँचखान नगरपालिका–६ का ५९ वर्षीय श्याम बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!