- संगालोखबर सम्वाददाता
धनकुटाको मदनचोकमा होली मनाइदै । फाइल तस्वीर: संगालोखबर

धनकुटा । पहाडी क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइदैछ । एकापसमा रङ्ग तथा अबिर दलेर होली मनाउने चलन छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाइन्छ ।

रिसराग छोडेर प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्दै होली मनाउँने परम्परा छ ।

Advertisement

बिहानैदेखि मानिसहरू रङ्ग दलेर होली मनाउँन थालेका छन् । होली विशेष सांस्कृतिक कार्यक्रम गरेर सामूहिक रुपमा नाचगान गर्ने चलन पनि बढ्दै गएको छ । बिभिन्न स्थानमा दिउँसो होली विशेष कार्यक्रम आयोजना गरिँदैछन् । धनकुटा बजार, सिधुवा बजार लगायत स्थानमा कलाकारहरू ल्याएर होली विशेष कार्यक्रम गर्ने तयारी छ ।

पहाडी जिल्लासहित काठमाडौं उपत्यकामा पनि आज धुमधामपूर्वक होली मनाइन्छ ।होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसहित विशिष्ट व्यक्तिहरूले शुभकामना दिएका छन् ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा होली मनाउँने गरिन्छ । होलीको अवसरमा सरकारले पहाडमा आज र तराईमा भोलि सार्वजनिक बिदा दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!