- संगालोखबर सम्वाददाता

विराटनगर । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर शुक्रबार विराटनगरमा दुई महिलालाई सम्मान गरिएको छ । राजनीति क्षेत्रबाट समाजमा योगदान पुर्याएको भन्दै कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकारिताका माध्यमबाट समाजको विकासमा सहयोग गरेको भन्दै पत्रकार चिना थापालाई सम्मान गरिएको हो ।

Advertisement

पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले नेतृ सम्मान तथा शुभकामना कार्यक्रम गरेर उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै अध्यक्ष इङनामले महिलाहरूलाई अगाडि बढ्न निकै चुनौति रहेको बताइन् । आफूले राजनीति गर्दा बेलुका घरको काम गरेर दिनमा बाहिरको काम अनि पार्टीको काम पनि भ्याउने गरेको स्मरण गदै उनले महिलाको भूमिका धेरै हुने भएकाले सबैलाई एकसाथ अगाडि बढाउन सहज नहुने तर्क गरिन् ।

कार्यक्रममा पेशागत महासंघ केन्द्रिय स्थायी कमिटी सदस्य अशेष लम्साल, अनेमसंघ केन्द्रिय सदस्य सरस्वती खरेल, नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष ओमराज सुवेदी, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संगठन केन्द्रिय सह कोषाध्यक्ष लिना यादव, पेशागत महासङ्घकी उपाध्यक्ष पृथ्वी बस्नेत, नेपाल निजामती कर्मचारी सङ्गठनकी उपाध्यक्ष टिका पाठक पराजुली लगायतले दिवसको महत्व र महिलाको योगदानका बारेमा चर्चा गरे ।

मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यसपटक फागुन २४ गते परेको छ । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार’ नारासहित बिभिन्न कार्यक्रम गरेर दिवस मनाइदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!