- संगालोखबर सम्वाददाता

ओखलढुंगा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् ।

Advertisement

दियालेबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । घटनामा परी चिसंखुगढी–३ का भक्तबहादुर थापा र मीन बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिँदैछ ।

हेलिकप्टरमार्फत घाइतेको उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । सोही अनुसार घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!