- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

भोजपुर । चट्याङ लागेर भोजपुरमा एक बालकको मृत्यु भएको छ । एक जना घाइते छन् । वर्षा र हावाहुरीसँगै परेको चट्याङले लागेर षडानन्द नगरपालिका–१२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको मृत्यु भएको हो ।

विहीवार अपरान्ह करिब ४ बजे हावाहुरी र बर्षासँगै चट्याङ परेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि संखुवासभाको लुम्लिङटारस्थित मनकामना हस्पिटल लगिएको थियो ।

Advertisement

अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । चट्याङ लागेर स्थानीय २५ वर्षीय प्रदिप भुजेल पनि घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!