- संगालोखबर सम्वाददाता
शव पेला परेपछि पुगेको प्रहरी टोली र हेर्न भेला भएका स्थानीय । तस्वीर सौजन्य: प्रेम देवान

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीमा वेवारिसे शव फेला परेको छ । रानी हुलास चौकस्थित नालीमा आज विहान करिब ९ बजे पुरुषको शव फेला परेको हो ।

नालीमा मान्छे लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करिब ५०/५५ वर्ष उमेर जस्तो देखिने पुरुषको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । ‘मृतक को हुन् र के कारणले मृत्यु भयो भन्ने पत्ता लागेको छैन,’ डीएसपी कार्कीले संगालोखबरसँग भने, ‘हामी यो विषयमा थप बुझ्दैछौ ।’

Advertisement

पानीमा टाउको डुबेको अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार मृतकको शरीरमा अन्य चोटपटक देखिएको छैन । चोटपटक नदेखिएकाले हत्या नभई स्वभाविक मृत्यु हुनसक्ने प्रहरीको अनुमान छ ।

तर, मृतक को हुन् र कसरी नालीमा शव आइपुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्दैछ । मृतकको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!