सुनसरी र झापाका दुई कोरोना संक्रमितको धरानमा मृत्यु
धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित मेचिनगर–८ झापाका ७२ बर्षीया बृद्धा र ईनरुवा–४ सुनसरीका ४९ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
झापाको कन्कई अस्पतालबाट रेफर गरेर पठाईएकी मेचिनगरकी बृद्धको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शरीर कम...
























