संगालोखबर


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ डाँडागाउँमा तासको खालबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय दीपक सारू मगरको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तास खेलिरहेका चौबिसे गाउँपालिका-२ का ३६ वर्षीय इमा मगर, ५३ वर्षीय राजेन्द्र मगर, वडा नम्बर ६ का ४५ वर्षीय गुणराज राई, ३६ वर्षीय लेखबहादुर लिम्बू ‘यलेक्स’, ४२ वर्षीय योगेन लिम्बू र वडा नम्बर ७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ छन् ।

यस्तै तास खेल हेरिरहेको अवस्थामा वडा नम्बर २ डाँडागाउँका ३० वर्षीय सुमन मगर, मुढेबासका २१ वर्षीय समीर मगर र लाप्सेका २६ वर्षीय प्रजल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तास हेरिरहेकै अवस्थामा दीपक मगरको घरमा कोठा भाडामा बस्ने २४ वर्षीय प्रदीप मगर, धारापानीका १९ वर्षीय विशाल मगर र वडा नम्बर ६ राजारानीका ३५ वर्षीय धीरेन चेम्जोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तासको खालबाट नगद २ लाख ३६ हजार २५० रुपैयाँ, ४ बुङ खोलिएको र १७ बुङ नखोलिएको गरी जम्मा २१ बुङ तास बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!