संगालोखबर


विराटनगर । विराटनगरमा तास खालबाट पक्राउ परेका एक व्यक्तिको मृत्यु भएको छ । विराटनगर-१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

‘आज बिहान उहाँलाई असहज भएपछि उपचारका लागि सुरुमा कोशी अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारका लागि नोबेल अस्पतालमा पु¥याइयो’, मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले संगालोखबरसँग भने, ‘उहाँको उपचारका आज क्रममा बिहान ११ बजेतिर मृत्यु भएको हो ।’

कटवालका अनुसार कोइरालाको यसअघि नै टाउकोको शल्यक्रिया भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परेपछि उनको टाउकोको शल्यक्रिया भएको खुलेको छ ।

कोइरालाले आफूलाई असहज भएको बताएपछि प्रहरीले बिहानै आफन्तलाई जानकारी गराएको थियो । उनको शव अहिले नोबेल अस्पतालमा नै राखिएको छ । उनको मृत्युको कारण खुल्न बाँकी छ ।

प्रहरीले तास खालमा छापा हान्ने क्रममा विराटनगर-८ का ४१ वर्षीय चन्दन मुखियाले दुई तलामाथिबाट हाम फालेका थिए । उनको दाहिने खुट्टा भाँचिएको र श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगर-६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेको अवस्थामा सोमबार राति करिब ११ः३० बजे प्रहरीले ८ उनीहरूलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये कोइरालाको मृत्यु भयो भने मुखियाको उपचार भइरहेको छ ।

पक्राउ परेका विराटनगर-४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर-६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल, ४३ वर्षीय विष्णु कामत र धनपालथान गाउँपालिका-६ का ३३ वर्षीय साजन राजवंशी मोरङ प्रहरीको हिरासतमा छन् । उनीहरूमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!